साईबर अपराध र नेपाली कानूनी प्राबधान

आजको युग भनेको सुचना र प्रबिधिको युग हो । बिगत ९० को दशकमा भएको सुचना प्रविधिको विकास क्रमसंगै यसको नकारात्मक र यसले निम्त्याउने चुनौति पनि त्यतिकै सबल भईरहेका छन । विशेष गरि सोसल मिडियाको विकास पश्चात संसार भरका मानिसहरु एउटै संजालमा जोडिए । जसले गर्दा आम जिवनशैली सहज हुनुको साथै आपराधीहरुलाई सहज रुपमा अपराध गर्ने सजिलो माध्यम बनेको छ समाजिक संजाल, यस संगै ह्याकिङ् र साईबर हमलाहरु विश्वलाई नै सशंकित पार्ने साईबर अपराध हुन । साईबर अपराध समान्य डिजिटल ह्रासमेन्ट,फेसबुक पोष्ट र च्याट देखि लिएर साईबर टेरोरिजमसम्म पुगेको विज्ञहरु बताउछन । नेपालमा पनि अहिले सुचना प्रबिधिको प्रयोग गरेर आर्थिक कारोबार, जनतालाई सेवा प्रबाह, सुचना प्रबाह, अध्ययन अनुसंन्धान देखी सम्पुर्ण कामहरु कम्पयुटर तथा अनलाईनबाट हुन थालेका छन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड १६ लाख ८७ हजार ८१९ पुगेको छ भने उता प्रबिधिको प्रयोग गरेर हुने अपराधका घटनाहरु दिन दिनै दिन बृद्धि भईरहेका छन । यस्तै बिषयको गहनता र महत्वलाई मध्य नजर गरी “ साईबर अपराध र नेपाली कानूनी प्राबधान एक अध्ययन” भन्ने बिषय लाई लिएर आवश्यक अनुसंधान गरी यो शोध पत्र तयार पारेको छु । यस शोधपत्रमा साईबर अपराध र नेपालमा यस सम्बन्धि के कस्ता कानूनी प्राबधानहरु रहेका छन ? साईबर अपराधका घटनाहरुको अनूसंधान कानूनी प्रक्रिया र यसलाई समाधान गर्न देखाउनु पर्ने तात्परता सम्बन्धी बिषयमा निचोड निकाल्ने प्रयास गरेको छु । नेपालमा साईबर अपराधको घटनाको अबस्था कस्तो छ र यस सम्बन्धी कानूनी तथा अदालती प्रक्रिया र बिधुतिय कारोबार ऐनमा रहेका केहि कमी कमजोरिका बारेमा जाकारी गराउने प्रयास गरेको छु।
सोधपत्र:

नयाँ वर्षको नयाँ दिन

oshoनयाँ वर्षको नयाँ दिनमा पहिलो कुरो यो भन्न चहान्छु, दिन त रोजिन्दा नै नयाँ हुन्छन् तर प्रत्येक दिन नयाँ दिन देख्न नपाउने कारणले हामी वर्षभरिमा कहिले –कहिले नयाँ दिन हेर्ने कोसिस गछौँ । आफूलाई धोका दिने तरिकाहरुमध्ये यो परिका पनि हो । दिन त कहिल्यै पुरानो हुदैन , रोजै नयाँ हुन्छ । हरेक पल र क्षण नयाँ हुन्छ । तर हापीले पूरै जिन्दगीलाई पुरानो पारेका छौ । त्यसैमा नयाँको खोज गर्ने इच्छा मनमा रहिरहन्छ । त्यसैले वर्षभरिमा एक दुई दिनलाई नयाँ मानेर त्यो खोजीलाई पुरा गरिन्छ ।

विचार गनुपर्ने कुरा के हो भने जसको पूरा वर्ष पुरानो हुन्छ भने उसको एक दिन कसरी नयाँ हुन सक्छ ? जसलाई एक वर्षलाई पुरानो देख्ने बानी परेको छ त्यसले एक दिनलाई कसरी नयाँ देख्छ ? हिजोसम्म मैले प्रत्येक दिन र विहानलाई पुरानो देखेको छु । भने आजको बिहानीलाई कसरी नयाँ देख्न सकुला ? देख्ने मानिस मै हुँ । अनि मेरो मनले हरेका चीजलाई पुरानो पार्छ र आजलाई पनि पुरानो पार्नेछ । त्यस्तो हो भने नयाँको धोका पैदा गर्नकाला लागि नयाँ लुगा,उत्सव,मिठाई र गीत छन । अनि फेरि तिमी नयाँको धोका पैदा गर्न चहान्छौ ? Continue reading

रोबर्टहरु

रोबर्टहरुमा समवेदना हुदैन
भावना हुदैन, माया हुदैन
र पनि कहिलेकाहि
म्हाकवि देवकोटाझै कविता
लेख्छन उनिहरुमा ज्ञान हुदैन
कला हुदैन,बुद्धी हुदैन
र पनि यदा कदा
शेक्सपियरझै नाटक लेख्छन ………….

डा. केसीको अनसन र नेपालको कम्पुटर शिक्षा

suresh.jpgडा. गोविन्द केसीको आमरण अनसनप्रति मेरो पूर्ण समर्थन र ऐक्यवद्धता छ ! अब डा. केसीले नै जित्नु पर्नेछ ! उनि हारे भने हजारौ केसीहरु नजन्मदै मर्ने छन ! डा. केसीले मेडिकल शिक्षामा रहेका ब्यथितिको भण्डाफोर गरिरहदा नेपालको कम्प्युटर इजिनीरिङ् शिक्षाका ब्यथितिहरुको पनि भन्डाफोर हुन जरुरी हुन्छ ! आहिले नेपालमा बिइ कम्प्युटर पढाइहुने कलेज २७, बीएस्सी सीएसआइटीका २०, बिआइटीका ८, बिआइएमका ११,बिसिएका १५, बिइ आइटीका २, बिसिआइएसका ३, सफ्टवेयर इन्जिनिएरिङ्का २, बिएड आइसिटीका १२,एमएड आइसिटीका २ र बिदेशी बिश्वबिधालयबाट सम्बन्धन प्राप्त ६ ओटाकलेज रहेका छन जहाबाट बार्षिक करिब ६००० को हाराहारिमा बिद्यार्थी उत्पादन हुने गरेका छन ! यो तथ्याङ्क १ वर्ष आगाडिको हो ! त्यस्तै बिदेशी बिश्वबिधालयबाट पढेर आउने र प्रोफेसनल ट्रेनिङबाट आइटी उधोगमा आउने जनशक्तिको हिसाब सरकारी निकायसंग पनि छैन !

दक्ष शिक्षको अभाब, अपर्याप्त ल्याब सुबिधा उच्च बिद्यार्थीको चापलेगर्दा बर्षेनी अदक्ष जनशक्ति बजारमा आइरहेको छ ! उत्पादित केहि दक्ष जनशक्ति तिब्ररुपमा विदेश पलायन भइरहेका छन् ! आइटीको अध्यन पश्चात बिद्यार्थी बिशेषगरि सफ्टवेयर डेभलपर,वेब डेभलपर,वेब डिजाइनर, सफ्टवेयर टेस्टर, मोबाइल एप्लिकेसन, गेमिङ, सिस्टम एडमिनिस्ट्रेटर, सिस्टम एनालाइसिस्ट, क्वालिटी एसुरेन्स, डाटाबेस डेभलपर जस्ता क्षेत्रमा बढि आकर्षित भएको पाइन्छ ! बिडम्बना बिद्यार्थी बिश्वबिधालयबाट डिस्टिनको सर्टिफिकेट बोकेर निस्कदा यस्ता सिपको त के कम्पुटरका सामान्य भन्दा समान्यज्ञान समेत पाइदैन ! कम्प्युटर इजिनीरिङ् शिक्षामा किन यस्तो व्यथिती बढ्दैछ सबैलाई थाह छ तर सबै मौन छन् !

बिश्वबिधालयहरु कुनै मापदण्ड बिनै नया कलेजलाइ धमाधम सम्बन्धन दिइरहेका छन ! कम्प्युटर ल्याब देखाउनेमात्र हुन भएका कम्पयुटर प्रयाक्टिलगर्नु त के अनसमेतहुदैनन दिनमा १८ घन्टा लोडसेडिङ् हुन्छ कुनै कलेजमा फुलटाईम जेनेरेटर र इन्टरनेटको व्यस्था छैन ! दक्ष शिक्षक त ब्रोसरमा नाम लेखिएका “खडे बाबा” मात्र हुन् !

कम्प्युटर इजिनीरिङ्का कलेजहरूलाई जथाभावी सम्बन्धन दिनेमा त्रिभुबन बिश्वबिधालय, पुर्बान्चल बिश्वबिधालय र पोखरा बिश्वबिधालयका भ्रस्ट पदअधिकारीहरु अग्र स्थानमा छन देशमा कति जनशक्ति चाहिन्छ सम्बन्धनको लागी कुनै मापदण्ड बनाइएको छैन । अहिले अन्य फ्याकेल्टिमा बिद्यार्थीको चाप घटन थालेपछि पुरानै सेलेबस कपिगर्दै कम्प्युटरका नया-नया नामका डिग्री बाड्नेकाम बिश्वबिधालयले गरिरहेका छन् ! यसलाइ सरकारले नियत्रणगर्नु पर्छ की पर्दैन ?

कम्प्युटर बिषयपढाईहुने कुनै पनि कलेजको शुल्कमा एकरुपता छैन ! बिश्वबिध्यालयबाट अनुदान दिइने सरकारी क्याम्पसहरुले समेत कम्पुटर शिक्षाको नाममा मनपरी शुल्क असुली रहेका छन !  निजी कलेजको त साएद भन्नु नपर्ला ! चर्को पैसा लिएर कम्प्युटर साइन्सका अदक्ष जनशक्ति उत्पादन गरिरहेका बिश्वबिद्यालयमा सुधार र अनुगमन कहिले हुन्छ सरकार ? उतर चाहियो हैन भने डा.केसीको आन्दोलन चाडै बिश्वबिध्यालय भरि सल्कने निश्चित छ !

र अन्तमा,

अस्तिमात्रै ई-भिसाको जिम्मा बिदेशीलाइ दिने निर्णय बिरुद्ध जनताले आवाज उठाउदा गृहमन्त्रीले सार्बजनिक कार्यक्रममा भन्नु भएछ ! “नेपालीले कम्पुटर चलाउन नि जान्दैन अंग्रेजी बोल्न पनि जान्दैनन ! आगाडी थप्नु भएछ म पनि कम्प्युटर चलाउन जान्दछु । जबबसम्म कम्प्युटरमा पासवोर्ड राखिन्छ त्यसपछि हामीले राखेको डाटा कस्ले बाहिर पठाउन सक्छ?” हो गृहमन्त्री ज्यु आहिले हजुर जस्तै कम्पयुटर चलाउने जनशक्ति नेपालका बिश्वबिध्यालयहरुले उत्पादन गरिरहेका छन् !
प्रकाशित मिति:आइतबार, चैत्र १५, २०७१

शुरेस खडका
काठमाण्डौ
Trainer DAV College / Sr.System Engineer